७ असोज २०७७, बुधवार
कपिलवस्तुको कोइली खोलाले जीप वगाउदा एकको मृत्यु भएको छ । बा.१च. १०८९ पजेरो जीप वगाउदा जीप चालक ३५ वर्षीय माधव प्रसाद पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
दुई जना भने वेपत्ता भएका छन् । वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्का कर्मचारी केशव भाट क्षेत्री रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जीपमा सवार ६ जना मध्ये ३ जना पौडी खेलेर बाच्न सफल भएका छन् ।
जीप खोलामा डुवेपछि जनपद प्रहरी र शसस्त्र प्रहरी उद्धारमा खटिएका थिए । उनीहरुले खोलामा डुवेको जीप भित्रबाट चालकको शव वाहिर निकालेको शसस्त्र प्रहरी बेस पिपराका प्रहरी निरिक्षक अर्जुन ढकालले बताउनुभयो ।
उद्धारका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटना स्थलमा खटिएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर