७ असोज २०७७, बुधवार

नेपालका चिया कम्पनिले अन्तर्राष्ट्रिय ट्रेडमार्क प्राप्त गरेका छन् । अब नेपालको अर्थोडक्स चियाले विश्वबजारमा आफ्नै ट्रेडमार्कमा बिक्री वितरण हुनेछ ।

चिया तथा कफी विकास बोर्डले सिफारिस गरेका १२ वटा चिया कम्पनीले ‘ट्रेडमार्क’ पाएका छन् । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेको मापदण्ड पूरा गरेका कम्पनीले ‘नेपाल टि क्वालिटी फ्रम द हिमालयन’ नामक ट्रेडमार्क पाएका हुन् । ट्रेडमार्क पाउने इलामका चिया कम्पनीहरूमा सन्दक्फु टि प्रोसेसर्स, हिमालयन साङ्ग्रीला टी प्रोड्युसर्स, जसबिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट, नेपाल ग्रीन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इण्डष्ट्रिज, तारा गाउँ टी स्टेट, साखेजुङ हिल रेञ्ज चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था रहेका छन् । यसैगरी तेह्रथुमका बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था र सङ्खुवासभाको सगरमाथा टी स्टेटले ट्रेडमार्क प्रमाण–पत्र प्राप्त गरेका छन् ।

व्यवसायीबाट माग गरेको निवेदनमा ४२ वटा निवेदन दर्ता भएका थिए । निवेदन दर्ता गराएका उद्योग तथा व्यवसायीको फ्याक्ट्री र चिया बगानको अनुगमन गरी १२ वटा चिया उद्योगलाई लोगो प्रदान गरिएको ट्रेडमार्क अनुगमन, व्यवस्थापन नियमन समितिका उपाध्यक्ष उदय चापागाईंले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर