५असाेज काठमाडौं ,   नेपालीहरुको महान चाँड दशै र तिहार नजिकिदै गर्दा सर्वसम्मान म्यूजिक प्रा लि ले दशै सम्बन्धित ए बाबा गित सार्वजनिक गरेको छ  ।
सर्वसम्मान म्यूजिक प्रा लि को प्रस्तुतिमा प्रदेशमा पसिना र रगतसँग पैसा साटिरहेका लाखौ लाख युवा तथा साहुको रिण तिर्न नसकेर मुग्लानमा रहेका सन्तानहरुले फर्किने थिए तर साहुको रिणले सताउदा अर्को साल आउछु भनि हृदयबिदारक दशै गित सार्वजिनक भएको छ ।
गायक  कृष्ण लामिछाने र धर्मराज न्यौपाने शिशिरको स्वर रहेको  छ  ।
प्रकाश क्षेत्रीको शब्द सिर्जना रहेको गितको एरेञ्ज तथा ध्वनी मिश्रण कृष्ण लामिछानेले गरेका छन् भने यो गितको भिडियोलाई क्यामेरामा कैद बिरेन्द्र भट्टले गरेका हुन् ।
गितको म्यूजिक भिडियो अभिनय प्रकाश क्षेत्री,  रामचन्द्र अधिकारी र हिमान वलीले गरेका छन् भने भिडियोको निर्देशन स्वयं क्षेत्रीले गरेका हुन भिडियोको सम्पादन अनिल रानाले गरेका छन् ।
मंगलम् स्टूडियोमा रेकर्ड गरिएको गितलाई सर्वसम्मान म्यूजिक प्रालिको आधिकारिक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर