भोजपुर, २०७७ असोज ४ गते
आफ्नै २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर