नेपालगन्ज — मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा आइतबार मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका–२ की ती महिला निमोनियाका कारण अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आइतबार आएको रिपोर्टमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए । ‘११ बजे उहाँको मृत्यु भयो, रिपोर्ट दिउँसो ३ बजेमात्र आयो’ उनले भने । ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । स्वास्थ्य समस्या देखिएपछि ती वृद्धालाई शुक्रबार नै भर्ना गरिएको थियो ।

आइतबार पनि अस्पतालका एक कर्मचारीमा कोरोना देखिएपछि उनको व्यवस्थापनमा जुटेको श्रेष्ठले बताए । उनकाअनुसार केही दिनअघि अस्पतालका चिकित्सकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु आइसोलेसनमा रहेको र अस्पतालका ७० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गराइएको र उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर