![](https://rastradaily.com/wp-content/uploads/2020/09/fd6a92e1-b05c-30b3-a6a3-acad3a285cde_1560598809.jpg)
बाँके, २०७७ भदौ २९ गते
राप्तीसोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागूऔषध अफिम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धन बहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका छन् ।
उक्त स्थानमा अवैध रुपमा लागूऔषध अफिमको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको अफिम सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।