काठमाडौँ । सिनियर पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन् । पाइलट लामाले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिनअगाडि दक्षिण सुडान लगेका थिए । दक्षिण सुडानबाट फर्केपछि लामाले जहाज उडाएका थिएनन् । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोल्हात्कर पनि लामासँगै सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर