आइतबार साँझ उनीहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्। उनका अनुसार यसअघि संक्रमण पुष्टि भएको ७८ वर्षका वृद्ध र ७० वर्षकी वृद्धा दम्पत्तिको कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिइएकाहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो। मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएकाहरूमा ९ जना महिला र ४ जना पुरुष छन्। संक्रमित महिलाहरूको उमेर १२ देखी ५७ वर्षको रहेको छ। यस्तै संक्रमित पुरूषहरूको उमेर २४ देखि ५४ वर्ष रहेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर