जि.के. पाण्डेय।
२५ भदौ २०७७
आज बसेको काली गण्डकी गाउँ पालिकाको कार्यपालिकाको बैठकले यस बर्ष प्राकृतिक बिपद्,बाढि,पहिरोबाट क्षति भएका काली गण्डकी गाउँ पालिका भित्रका ३० घरलाई भवन निर्माण मापदण्ड पुरा गरी घर पुनर्निर्माण गर्न रु-२,५०,०००/-(दुई लाख पचास हजार) अनुदान दिने तथा क्षतिको हकमा क्षतिको अवस्था हेरिकन रु- ५,०००(पाँच हजार) देखि रु-४०,०००/- सम्म अनुदान दिने निर्णय भएको काली गण्डकी गाउँ पालिका वडा नं ४ का अध्यक्ष चक्रपाणी पाण्डेयले लुम्बिनी प्रदेश डट कमलाई जानकारी गराउनु भयो।
त्यसै गरी अन्य वडामा प्राकृतिक बिपद्का कारण थप क्षति भएको भए सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर