
२० भाद्र २०७७, शनिवार
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, बृद्धहरु जेष्ठ नागरिक र आमाहरुलाई शनिवार खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा उनीहरुलाई सहयोग गर्र्र्दै आईरहेको छ ।
संस्थाले सामाजिक दुरी कायम राख्दै शनिवार २९ जना बालबालिका, २७ जना आमा र २९जना वृद्ध जेष्ठ नागरिकलाई पोषण युक्त खानेकुरा वितरण गरेको सहयोगी नेपाल संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद ओझाले वताउनु भयो ।
संस्थाका कोषाध्यक्ष ओझाले भन्नुभयो अति विपन्नहरुको लागि हप्तामा एक पटक शनिवारका दिन राहत वितरण गर्देै आईरहेका छौ उनीहरुलाई हाम्रो सहयोगले थोरै भएपनि जिविकोपार्जनमा मद्धत पुग्नेछ ।
संस्थाले वेला वेलामा विशेषज्ञ डाक्टरहरुद्धारा उनीहरुको स्वास्थ परीक्षण समेत गर्दे आईरहेकोछ । यो पटक भने उपत्यकामा निषेधाज्ञा जारी रहेकाले स्वास्थ परिक्षण गरिएन ।