१९ भाद्र २०७७, शुक्रवार
भोजपुरका एक नेपालीको जापानमा मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका दलगाउँ दिपेनी घर भई जापानको टोकियो कर्मथलो वनाएका ३८ वर्षिय आईन्द्र राईको मृत्यु भएको हो ।
केही समय देखि कलेजोको रोगबाट ग्रसित भई उपचार गराईरहेको अवस्थामा राईको सेप्टेम्बर २ तारिखका दिन दिउसो खावाकिता सोगोउ व्योइन अस्पतालम आसागायामा ज्यान गएको हो ।
परिवारसहित टोकियोमा बस्दै आउनु भएका राईको पारिवारिक अवस्था नाजुक भएकोले मनका धनी सम्पूर्ण मनकारी मनहरूमा आर्थिक सहयोग गरिदिन श्रीमती कुसुम राईले हार्दिक अपिल गर्नु भएको छ । सहयोग गर्न चाहनेहरुले जापान पोस्ट बैंक खाता नम्बर १००२०(५९७१०६९१(कुसुम राई)मा सहयोग गर्न सकिने वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार