१६ भाद्र २०७७, मंगलवार

मंगलबार देशभर १ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।कोरोना संक्रमणबाट २४ घण्टामा ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २२ हजार १७८ जना निको भैसकेका छन् ।यससँगै देशभर संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर