प्राविधिक शिक्षालाई समयअनुकूल सुधार गर्ने लक्ष्य
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) मा व्यापक पुनःसंरचना प्रक्रिया अघि बढाउने तयारी तीव्र भएको छ। समयको माग अनुसार तालिम कार्यक्रम सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले परिषदले यसअघि प्रा.डा. सुरेशराज शर्मा (पूर्व उपकुलपति) को संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
एक महिनापछि कार्यदलले आफ्नो प्रतिवेदन परिषदमा बुझाइसकेको छ। प्रतिवेदनले संस्थाको संरचना, पाठ्यक्रम, तालिम कार्यक्रम र प्रशासनिक प्रणालीमा सुधार गर्नुपर्ने स्पष्ट सिफारिसहरू गरेको छ।
अब सो प्रतिवेदनलाई कार्यान्वयनमा लैजान विशेष कार्यान्वयन समिति गठन गरिएको छ। समिति मार्फत छिटो र प्रभावकारी रूपमा पुनःसंरचनाको काम ‘भटाभट’ अघि बढाइने परिषदले जनाएको छ।









