
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी ढावस्थित श्री भगवती माध्यमिक विद्यालयले यही २०८२ साल असार ३ गते विद्यालयको प्राङ्गणमा भव्य कार्यक्रमको आयोजना गर्न लागेको छ।
वि.सं. २०१७ सालमा स्थापना भएको यस विद्यालयमा लघु सङ्ग्रहालयको उद्घाटन गरिनुका साथै, शैक्षिक, अतिरिक्त र सह–पाठ्यक्रम गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ।
यस कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीय बौद्धिक वर्ग, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ।
लघु सङ्ग्रहालयको स्थापना विद्यालयको शैक्षिक यात्रामा ऐतिहासिक, सांस्कृतिक र स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनतर्फ एक महत्वपूर्ण कदम हुने विश्वास लिइएको छ।
विद्यालय परिवारले सम्पूर्ण समुदायलाई कार्यक्रममा उपस्थित भइ सफल बनाउन हार्दिक अनुरोध गरेको छ।