ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको विशेष निमन्त्रणामा भारतका विद्युत् तथा आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आएका छन्। मन्त्री खड्काको भारत भ्रमणका क्रममा माघ ३०, २०८१ मा दिइएको निमन्त्रणाअनुसार मन्त्री खट्टर नेपाल आएका हुन्।

भ्रमणका क्रममा दुई देशबीचको ऊर्जा सहकार्य, विद्युत् व्यापार विस्तार, पूर्वाधार विकास तथा रणनीतिक साझेदारीको विषयमा उच्चस्तरीय छलफल भएको छ। नेपालबाट बंगलादेशसम्म भारतीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात, तामाकोशी परियोजनाको विद्युत् बिक्री अनुमति, र सुक्खा मौसममा पावर एक्सचेन्जमार्फत विद्युत् आपूर्ति जस्ता प्रमुख विषयहरू छलफलको केन्द्रमा रहेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मन्त्री खट्टरले भारतीय लगानीमा निर्माणाधीन परियोजनाहरूमा सहजता प्रदान गर्न आग्रह गरेका छन् भने, नेपाल–भारतबीचको ऊर्जा सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्धता जनाएका छन्।

यो भ्रमणले दुई मुलुकबीचको ऊर्जा साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर