काठमाडौं, चैत १७ – चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका क्षेत्रमा भएको आगजनी, तोडफोड, लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गर्न नेपाल प्रहरीले सार्वजनिक अपिल जारी गरेको छ।

प्रहरीले निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा सरकारी–निजी सवारीसाधनमा भएको क्षति र अपराधिक गतिविधिहरूको अनुसन्धान गर्न प्रमाण संकलनलाई तीव्र बनाएको छ। यस क्रममा प्रहरीले सर्वसाधारणलाई अपिल गर्दै यदि कसैसँग तोडफोड, आगजनी वा हिंसामा संलग्न व्यक्तिहरूको फोटो, भिडियो वा अन्य प्रमाण भए उपलब्ध गराउन अनुरोध गरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रहरीको अपिल:

– संलग्न व्यक्तिहरूका फोटो, भिडियो वा अन्य प्रमाण पठाउन सकिने।  -अनुसन्धानमा सहयोग गर्नेको नाम र गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने।

अपराधमा संलग्नलाई कानुनी कारबाही गरिने।

नेपाल प्रहरीले कानुन हातमा लिने जो कोहीलाई कारबाही गरिने स्पष्ट पार्दै, घटनामा दोषी ठहरिने जोकोहीलाई कडा सजायको चेतावनी दिएको छ। साथै, घटनाको निष्पक्ष अनुसन्धानका लागि आम नागरिकसँग सहकार्य गर्न आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर