काठमाडौं, १५ चैत्र – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कडा चेतावनी दिएका छन्।

राजसंस्था पुनःस्थापनाको माग गर्दै भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष प्रचण्डले इतिहास दोहोर्याउने दुस्साहस नगर्न आग्रह गरेका छन्। उनले भने, “नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर राजसंस्था फर्काउने सपना देख्न छाड्नू। तपाईंले विगतमा धेरै गल्ती गर्नुभयो, जसको परिणाम आफैंले भोगिरहनुभएको छ।”

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अध्यक्ष प्रचण्डले स्पष्ट शब्दमा चेतावनी दिँदै थपे, “अब अर्को गल्ती गर्नुभयो भने भोग्न बाँकी केही रहने छैन। खबरदार!”

उनको यो कडा अभिव्यक्तिले राजनीतिक वृतमा तरंग उत्पन्न गराएको छ। विशेषगरी, राजसंस्था पुनःस्थापनाका पक्षधरहरूले हाल देशभर प्रदर्शन गरिरहेका बेला प्रचण्डको यो चेतावनी आएको हो।

#rastradaily

प्रतिक्रिया

सम्बन्धित खवर