काठमाडौं, १२ चैत्र– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयपछि देशभर विरोधको लहर चलेको छ। विभिन्न दलका नेताहरूले सरकारको कदमको आलोचना गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कडा शब्दमा प्रश्न गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत सरकारको दोहोरो चरित्रप्रति असन्तुष्टि जनाउँदै भने, आफैं झाँक्री, आफैं बोक्सी! यदि गगन थापा र विश्वप्रकाश शर्माले साँच्चै कुलमान घिसिङलाई पुनः नियुक्त गर्न चाहन्छन् भने, उहाँलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाएर कारबाही गर्नुपर्छ। चाबी र ताला तपाईहरूकै हातमा छ।”

https://amzn.to/4myfPN5

उनले प्रचण्डलाई समेत कटाक्ष गर्दै भने, “यदि साँच्चै कुलमानलाई पुनः नियुक्ति दिन चाहनुहुन्छ भने हिजो सिंहदरबारमा कांग्रेस-एमालेसँग गरिएको टीआरसी विधेयक सम्झौता तोड्नुस्। होइन भने हात्तीको जस्तो दुईवटा दाँत नदेखाउनुस्— एउटा देखाउने, अर्को चपाउने। गोहीको आँसु नझार्नुस्। सामाजिक सञ्जाल र सडकमा रमिता र नाटक नगर्नुस्।”

कुलमान प्रकरणले सरकारमाथि चौतर्फी दबाब

सरकारको यो निर्णयविरुद्ध सर्वसाधारणदेखि राजनीतिक दलहरूसम्म असन्तुष्टि व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जालमा #JusticeForKulman अभियान तीव्र बन्दै गएको छ, जसले सरकारलाई झनै दबाबमा पार्ने संकेत गरेको छ।

अब हेर्न बाँकी छ— के सरकारले आफ्नो निर्णय सच्याउँछ? वा राजनीतिक दलहरू आ-आफ्नो स्वार्थअनुसार दोषारोपणमै सीमित रहन्छन्?

प्रतिक्रिया

सम्बन्धित खवर