काठमाडौं, १२ चैत्र – काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको खुलासा भएको छ। तलब नपाउँदा आर्थिक संकट झेलिरहेका कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्।

यस विषयमा काठमाडौं महानगरका मेयर बालेन शाहले कडा चेतावनी दिएका छन्।उनले आक्रोश व्यक्त गर्दै भने, “को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, तर अबको एक हप्ताभित्र कर्मचारीहरूले तलब पाएनन् भने, सबैलाई टुकुचामा गाडिदिन्छु! त्यसपछि हेरौं, तिमीहरूको के के तन्त्र छ!”

https://amzn.to/4myfPN5

उनको यो कडा अभिव्यक्तिले सरकार र सम्बन्धित निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय सरकारका कर्मचारीहरूले महिनौं तलब नपाउनु गम्भीर विषय भएको भन्दै बालेनले संघीय सरकारको गैरजिम्मेवारीपनमाथि कटाक्ष गरेका छन्।

#rastradaily

प्रतिक्रिया

सम्बन्धित खवर