काठमाडौं, ७ चैत – यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सम्पूर्ण तयारी पूरा भएको छ। परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्। परीक्षा आज ७ चैत, बिहान ८ बजेबाट सुरु हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्ष देशभरका २ हजार ८० परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने छ। यसका साथै, जापान, केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन्।

https://amzn.to/4myfPN5

परीक्षामा समन्वय गर्नका लागि ७७ हजार ८०० कर्मचारी खटिएका छन्, जसमा ३० हजार सुरक्षाकर्मीको सहभागिता हुनेछ। बोर्डका अनुसार, प्रश्नपत्र छापेर सबै जिल्लामा पठाइसकिएको छ। परीक्षा केन्द्रका अध्यक्ष र सुपरिवेक्षकको छनोट पनि पूरा भएको छ। प्रवेशपत्र वितरण प्रक्रिया पनि सुरु भइसकेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले परीक्षामा कुनै प्रकारको बेथिति नगर्न निर्देशन दिँदै सबैलाई समन्वय गरेर काम गर्न आग्रह गरेकी छिन्।

काठमाडौँबाट सबैभन्दा बढी ३९ हजार ६०० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने मनाङबाट सबैभन्दा कम ४३ विद्यार्थी परीक्षा दिन आएका छन्। यसपटकको परीक्षामा अनुमानित २७ करोड ७० लाख खर्च हुनेछ, जसमा १७ करोड रकम उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुनेछ।

बोर्डको अनुसार, परीक्षा परिणाम आगामी असार ७ गते सार्वजनिक गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर