
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा रहेका दुई क्याम्पसहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उत्कृष्ट प्रदर्शन गरेको छ।
कान्तिपुर क्याम्पस, थलीमा सभापति पदका उम्मेदवार कुशल फुयाल नेतृत्वको समूह र सहिद आदर्श क्याम्पसमा राजेश तिमिल्सिना नेतृत्वको समूहले विजय हासिल गरेका छन्।
थापाथली इन्जिनियरिङ क्याम्पस र महाराजगञ्ज नर्सिङ क्याम्पसमा पनि नेविसंघका उम्मेदवारहरू विजय भएका छन्।
थापाथली क्याम्पसमा प्रल्हाद खड्का र महाराजगञ्ज क्याम्पसमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका छन्। यसबारे जानकारी दिँदै नेविसंघका प्रवक्ता सुरज सेजुवाल ले भने, “यी विजय विद्यार्थीहरूका लागि ऐतिहासिक उपलब्धि हो।”
त्यस्तै, नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस, ताहचलमा अनेरास्ववियु का उम्मेदवारहरूले विजय प्राप्त गरेका छन्। कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्न क्याम्पस*मा ईश्वर थापा अध्यक्ष पदमा निर्वाचित भएका छन्।
अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस, भक्तपुरमा विजय हासिल गरेको छ। क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी र सानोठिमी क्याम्पसमा नरेन्द्र ठगुन्ना अध्यक्षमा निर्वाचित भएका छन्।
अन्तिममा, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्।
मङ्गलबार सम्पन्न यस निर्वाचनमा देशभरका ३८ आङ्गिक क्याम्पस र २५० क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो।