काठमाडौं, ०५ चैत्र २०८१ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ।

अनेरास्ववियुका पदाधिकारीहरूका अनुसार, क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएको छ। यसले गर्दा संगठनले गम्भीर आपत्ति जनाएको हो।

https://amzn.to/4myfPN5

अखिलका पदाधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “निर्वाचनको अघिल्लो दिन नै फर्जी कार्डको चलनले निर्वाचनको निष्पक्षता माथि प्रश्न उठाएको छ। यस विषयमा तत्काल निष्पक्ष छानविन हुनुपर्ने माग राख्छौं।”

त्यस्तै, उनीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि छानविन नगरी यो प्रक्रिया अगाडि बढ्यो भने क्याम्पस प्रशासन नै उत्पन्न परिस्थितिका लागि जवाफदेही हुनेछ।”

क्याम्पस प्रशासनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर