
रास्वपा सांसद सोविता गौतमले वर्तमान सरकारको कार्यशैलीलाई नियन्त्रणमुखी र लोकतन्त्रविरोधी बताउँदै तीव्र आलोचना गरेकी छन् । उनले भनिन्, “सरकारले कानूनी प्रणालीलाई न्यायको आधार बनाउनुको सट्टा, प्रतिशोधको तरबार बनाएको छ।”
उनले थपिन, “लोकतन्त्रको रक्षा गर्ने काममा अग्रपङ्तिमा उभिएका व्यक्तिहरूलाई झुटा मुद्दा लगाएर दमन गरिएको छ। संसदमा प्रश्न उठाउने सांसदहरूलाई उल्टै होच्याइन्छ, र पत्रकारहरूको अधिकार सीमित गर्न, उनीहरूको पास खोस्ने जस्ता घटनाहरू भएको छ।”
गौतमले सरकारको नियन्त्रणमुखी शासनका लक्षणहरूमा सडक कब्जा गर्ने, निषेधित क्षेत्र घोषणा गर्ने जस्ता कदमहरूको पनि आलोचना गर्दै भनिन्, “यी सबै शासनका दमनकारी लक्षण हुन् जसले लोकतन्त्रको भावना हिन्ने काम गरेको छ।”
उनले सरकारलाई लोकतन्त्रको मूल्य र मान्यताहरूलाई संरक्षण गर्न र न्यायपूर्ण शासन प्रणाली लागू गर्न अपिल गरिन् ।