संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न पेशा र व्यवसायमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई र दिदीबहिनीलाई नेपाली राजदूतावासले शिष्ट व्यवहार र कानूनी पालना गर्न आग्रह गरेको छ।

राजदूतावासले नेपाली नागरिकहरूलाई आफ्नो पेशा र व्यवसायप्रति इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित भएर कार्य गर्न र सधैं सभ्य व्यवहार प्रदर्शन गर्न अनुरोध गरेको छ। यसका साथै, हालका दिनहरूमा मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्तिको वृद्धि भएको भन्दै, यस प्रकारको गतिविधिमा संलग्न हुने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाही गरेर नेपाल फिर्ता पठाउने कार्य भइरहेको जानकारी पनि दिइएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राजदूतावासले यस विषयमा सचेत रहने र जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा नगर्ने आग्रह पनि गरेको छ। यसले व्यक्तिको शारीरिक, मानसिक र पारिवारिक जीवनमा नकारात्मक असर पार्ने मात्र होइन, हालका दिनहरूमा निर्वासन हुने नेपालीहरूको संख्यामा पनि वृद्धि भएको छ।

साथै, सेवाग्राहीहरूले दूतावाससँग कुनै समस्या वा गुनासो भए सभ्य, शिष्ट र मर्यादित ढंगले सम्बन्धित अधिकारीसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

राजदूतावासले सबै नेपालीलाई युएईका ऐन, कानून, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ। यसका साथै, ट्राफिक नियमहरूको पालना गर्न, र आफ्नो ईमिरेट्स परिचय पत्र (Emirates ID) सधैं साथमा राख्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर