काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य कार्यालय धुम्बाराही, काठमाडौंलाई १ लाख रुपैयाँ जरिवाना तोकेको छ। पार्टी कार्यालयले २०८१ फागुन २५ गते आयोजना गरेको कार्यक्रममा सहभागी व्यक्तिहरुले सार्वजनिक स्थानहरूमा वातावरणीय क्षति पुर्याएको आरोपमा उक्त जरिवाना लगाइएको हो।

कार्यक्रमका दौरान एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक क्षेत्रका सडक, सडकपेटी, आईल्याण्ड र त्यहाँ रहेका विरुवाहरूलाई भौतिक क्षति पुर्याइएको थियो। साथै, जथाभावी फोहोरमैला फ्याल्दा वातावरण प्रदूषण भएको बताइएको छ।

काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण र प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १ लाख रुपैयाँ जरिवाना तोकेको जानकारी दिइएको छ।

महानगरपालिकाले पार्टीलाई फोहोरमैला व्यवस्थापनको दायित्व पुरा गर्ने र भविष्यमा यस्ता घटनाबाट बच्नका लागि कदम चाल्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर