वालिङ बचत तथा ऋण सहकारी संस्थाले ऋण नतिर्ने ऋणिको घरमा भजन कीर्तन गर्ने तयारीमा छ। सहकारीका अध्यक्ष खगेन्द्र अर्यालका अनुसार, समाजका केही गन्यमान्य व्यक्तिहरुले जानाजानी ऋण तिर्न आलटाल गर्दै अनावश्यक समस्याहरु सिर्जना गरेपछि सहकारी संस्थाले यो निर्णय गरेको हो।

अध्यक्ष अर्यालले भने, “ऋण तिर्न ढिलाइ गर्ने व्यक्तिहरुले सहकारी संस्थालाई र प्रशासनलाई समेत समस्यामा पार्न थालेका छन्। यसबाट उत्पन्न समस्या समाधान गर्न र ऋण अदायगीमा दबाब सिर्जना गर्न भजन कीर्तनको योजना बनाइएको हो।”

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सहकारीले प्रशासनलाई यस घटनाबारे जानकारी दिई, भजन कीर्तन मार्फत ऋणीलाई जिम्मेवारी सम्झाउने र ऋण तिर्नका लागि दबाब सिर्जना गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर