१८ फागुन २०८१ – महोत्तरी जिल्लाको भंगहा नगरपालिका, जहाँ नेपाल सरकारले विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत (CAO) पठाएका छैन, त्यहाँका सबै विकास निर्माण र प्रशासनिक कामकाजमा गम्भीर प्रभाव परेको छ। प्रशासनिक कार्यलयहरूमा विभिन्न काम रोकिएका छन्, जसले स्थानीय सरकारी कार्यहरूलाई अवरुद्ध बनाएको छ।पा

लिकाको सबै शाखा र वडा कार्यालयका कामकाज प्रभावित भएपछि भंगहा नगरपालिकाका प्रमुख सञ्जीव कुमार साहले कडा कदम चालेका छन्। उनले सबै सरकारी कार्यालयहरूमा तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी (C.D.O.) लालबाबु कवारीलाई पालिकाका सबै कार्यालयका साँचो बुझाएका छन्।

प्रमुख सञ्जीव कुमार साहले भने, “हामीलाई प्राधिकृत प्रशासकीय अधिकारीको अभावमा पालिकाको समग्र प्रशासनिक कामकाज गर्न असम्भव भइरहेको छ। यसैले हामीले सबै साँचो जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौं।”

यस घटनाले महोत्तरी जिल्लाका अन्य स्थानीय तहका कामकाजमा पनि असर पर्ने सम्भावना रहेको छ। स्थानीय तहको सुचारु कार्य सञ्चालनको लागि शीघ्र प्रशासकीय अधिकृतको नियुक्ति गर्ने बारेमा सम्बद्ध अधिकारीहरूले ध्यान दिनु पर्ने आवश्यकता रहेको छ।

यस अवस्थाले स्थानीय जनतामा पनि असन्तुष्टि पैदा गरेको छ, जसले गर्दा विकास र प्रशासनिक प्रक्रिया थप प्रभावित हुन सक्ने अवस्था देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर