कालीगण्डकी स्याङ्जा,
आफ्नो दोस्रो कार्यकालको अवधिभरिमै पालिका स्तरिय शैक्षिक प्रयोगशाला निर्माण गर्ने योजना रहेको कालीगण्डकी गाउँपालिका, स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो।
श्री भगवती माध्यमिक बिद्यालय,कालीगण्डकी गाउँपालिका -७, मिर्मी, स्याङ्जा द्वारा आयोजित विज्ञान परियोजना प्रदर्शनी प्रतियोगिता २०८१ मा थापाले उक्त कुरा बताउनुभयो। कालीगण्डकी गाउँपालिका स्याङ्जामा पालिका स्तरिय शैक्षिक प्रयोगशाला निर्माण गर्ने योजनालाई आ.वि २०७६/७७मा बजेट विनियोजन गरिए पनि कोरोना महामारीले गर्दा सो योजना पुरा हुन नसके पनि अब छिट्टै सो प्रयोगशाला निर्माण गर्ने कुरा उहाँले बताउनु भयो।

कालीगण्डकी गाउँपालिका स्याङ्जा भित्रका मा .वि तथा आ.वि विद्यालयका बिचमा आयोजित उक्त कार्यक्रममा कालीगण्डकी गाउँपालिका भित्रका १२ विद्यालयका १२ टोली प्रतियोगि र भगवती माध्यमिक बिद्यालयका ५ र मिर्मी आधारभूत विद्यालयका २ टोली अप्रतियोगीका रुपमा सहभागी थिए। कालीगण्डकी गाउँपालिकामा +२मा विज्ञान संकाय संचालन गर्ने पहिलो र एक मात्र विद्यालय, श्री भगवती माध्यमिक बिद्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा श्री विरेन्द्र मा वि प्रथम, श्री भगवती माध्यमिक बिद्यालय द्वितीय, श्री मिर्मी आ वि तृतीय भएका थिए।

विज्ञान विषय आफैमा रोचक विषय रहेको र विज्ञान परियोजना कार्यले गर्दा विद्यार्थीलाई विज्ञान पढ्न र बुझन अझै सजिलो बनाउने हुदा विज्ञान परियोजना प्रदर्शनी प्रतियोगिताले विद्यार्थीमा विज्ञान विषय प्रति अझै उत्सुकता थप्ने र नयाँ नयाँ वैज्ञानिक आविष्कार गर्न प्रेरित गर्ने कुरा महसुस गरेकाले विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको श्री भगवती माध्यमिक बिद्यालयका प्रधानाध्यापक राम प्रसाद पाण्डेले बताउनुभयो।

श्री भगवती माध्यमिक बिद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम न्यौपानेको अध्यक्षतामा संचालन गरिएको उक्त प्रतियोगितामा श्री भगवती माध्यमिक बिद्यालयका प्रधानाध्यापक राम प्रसाद पाण्डे, कालीगण्डकी गाउँपालिका वार्ड -७का वडाध्यक्ष उम प्रकाश भटृराई, कालीगण्डकी गाउँपालिका स्याङ्जाका उपाध्यक्ष सावित्रा कोइराला लगायतले मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रमको संचालन श्री भगवती माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक हेम बहादुर थापाले गर्नुभएको थियो।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर