मिर्मि,स्याङ्जा
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिका वडा नं ७, मिर्मी स्थित मिर्मी बहुमुखी क्याम्पसमा ‘स्याङ्जा आलमदेवी, शिला शालिग्राम शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ आजबाट सुरु भएको छ ।

मंसिर २२ देखि २९ गतेसम्म सञ्चालनमा रहने उक्त महायज्ञको समुद्घाटन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नुभएको छ। क्याम्पसको भौतिक तथा शैक्षिक पक्ष सुधारका लागि गरिएको ‘स्याङ्जा आलमदेवी, शिला शालिग्राम शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ मा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नुहुने छ।

https://amzn.to/4myfPN5

महायज्ञको समुद्घाटन सत्रमा बोल्नु हुदै उपप्रधानमन्त्रीसहित सिहंले आफूले कुरा भन्दा बढी काम गर्न रुचाउने बताउनुभएको छ। उहाँले महायज्ञको पूर्ण सफलताको कामना गर्दै महायज्ञको सफलताको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

महायज्ञको उद्घाटन समारोहको अध्यक्षता मिर्मी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष तथा उक्त महायज्ञको मुल आयोजक समितिका संयोजक वेधनीधी भट्टराईले गर्नु भएको थियो। उक्त कार्यक्रमको संचालन मिर्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम् भगवती मा वीका प्रध्यानाध्यापक राम प्रसाद पाण्डेयले गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर