रामचन्द्र नेपाल

विजय शर्माको घर पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा न ५ गल्धा भन्ने ठाउँमा पर्दछ ।

बुबा शिवप्रसाद उपाध्याय र आमा शान्तीदेवी अर्यालको कोखबाट २०४६ सालमा उहाँको जन्म भएको हो । परिवारका तीनजना छोराछोरी मध्ये उहाँ सवैभन्दा जेठो हुनुहुन्छ ।
छोराछोरीहरुलाई शिक्षित बनाउनु पर्दछ भन्ने ज्ञान हुनु भएका बुबा आमाको कारण उहाँहरुको शिक्षादीक्षा सानै देखि शुरु भएको थियो । गाउँमा रहेको आनन्द निकेतन विद्या आश्रमबाट उहाँले आफ्नो पढाईलाई सुरु गर्नुभएको हो ।

त्यस विद्यालयमा उहाँले कक्षा १ देखि ४ कक्षासम्म पढ्नु भयो । त्यसपछि गल्धाको कठैडाँडामा रहेको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी सम्मको अध्ययन पूरा गर्नुभयो ।

यसैगरी रामपुरमा रहेको सहिद बहुमुखी क्याम्पसबाट आईएड,विएड गर्नुभयो भने बुटबल बहुमुखी क्याम्पसबाट मास्टर डिग्री सम्मको अध्ययन पूरा गर्नुभएको हो ।
सानै देखि निकै मेहनती र शिक्षाको क्षेत्रमा केही राम्रो गर्न पाए हुन्थ्यो भन्ने उहाँको सोचाई थियो शिक्षक बनेर आफ्नो क्षेत्रमा केही न केही परिवर्तन गर्न सकिन्छ भन्ने लागेर उहाँले निस्दीकै गल्धामा रहेको वृहस्पति प्राथमिक विद्यालयमा २०७७ सालमा शिक्षक हुनु भयो र २०७९ सालसम्म उक्त विद्यालयमा प्रधानाध्यापक भएर जिम्मेवारी सम्हाल्नु भयो ।
शिक्षकहरुका आफ्ना हकहितका कुराहरु हुन्छन र आफ्ना कुराहरु सम्वन्धित निकायमा लैजानलाई सजिलो हुन्छ भन्ने लागेर निस्दी गाउँपालिकाको शिक्षक महासंघको अध्यक्ष भएर समेत काम गर्नुभयो ।
विजय सरले शिक्षालाई कसरी अगाडि वढाउन सकिन्छ भनेर निकै लागि रहनु भएको छ ।

हाल उहाँ रामपुर नगरपालिका वडा न ५ मा रहेको रामपुर आधारभूत विद्यालयको प्रधानाध्यापकका रुपमा काम गरिरहनु भएको छ ।
उहाँ उक्त स्कुलमा आउनु भन्दा अगाडि विद्यालयमा करीव एक सय जना विद्यार्थीहरु थिए ।

उहाँले विद्यालयलाई राम्ररी चलाउन सक्षम हुनुहुन्छ भन्ने अभिभावकहरुलाई लागे पछि विद्यार्थीहरु भर्ना हुने क्रम निकै वढेर गयो । अहिले स्कुलमा एक सय ८० जना विद्यार्थीहरुले पढिरेहका छन यसलाई सवैको मन जितेर अझ धेरै विद्यार्थीहरु पुर्याउने उहाँका योजनाहरु रहेको हामिलाई बताउनुभयो
सानै देखि निकै जिज्ञासुु स्वभावका विजय सर स्कुलमा नयाँ नयाँ कामहरु गर्न रुचाउनुहुन्छ ।

पढाईको साथसाथै स्कुलमा बालबालिकाहरुलाई ब्यावहारिक ज्ञान समेत दिनुपर्ने उहाँ ठान्नुहुन्छ।स्कुलमा टपरी खुट्न योग,स्काउट,गीतसंगीत,गाँउन बजाउन र नाँच्न,अतिरिक्त समयमा पत्रपत्रिका पढ्न, हाजिरी जवाफ, हिज्जे,करेसावारीका कामहरु लगायत हाम्रो जीवनमा दैनिक काम लाग्ने कुरा सबै सिकाउने वातावरण मिलाउनु भएको छ ।

सानैदेखि बालबालिकाहरुलाई अनुशासन सिकाउन सकियो भने भोलि त्यसले समाजलाई निकै सघाउ पुग्ने उहाँ बताउनुहुन्छ ।

विद्यार्थीहरुलाई सानैदेखि घरब्यवहार र समाजमा काम लाग्ने विषयहरु सिकाउनु पर्ने उहाँ ठान्नुहुन्छ । स्कुलमा मात्र नभएर आफ्ना बालबालिकाहरुले घरमा कस्तो ब्यवहार गर्दछन् बाबु आमाले भनेको मान्दछन कि मान्दैनन् भन्ने कुराले पनि उनीहरुको भविश्य निर्धारण गर्ने भएकोले अभिभावकहरु समेत निकै चनाखो हुनुपर्ने उहाँले बताउनु भयो ।
संस्थागत स्कुल भन्दा सामुदायिक स्कुलमा अभिभावकहरुको रुची विस्तारै वढन् थालेको उहाँको अनुभव छ।

हिजो अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई वोडिङ पढाउदा गर्व गर्ने जस्तो आफुहरुलाई लाग्ने गरेको भएपनि अहिले सामुदायिक स्कुलहरु निकै राम्रा हुन थालेकाले सामुदायिक स्कुलमा उहाँहरुको रुची वढ्न थालेको बताउनुहुन्छ ।
स्कुलमा नै होमवर्क गराउने नयाँ खालको योजना उहाँले ल्याउनु भएको छ ।

यसैगरी पढाईमा कमजोर विद्यार्थीहरुको लागि शनिवार तथा विदाको दिनमा समेत पढाउने ब्यवस्था विजयसरले गर्नुभएको छ । अभिभावकहरुको सन्तुष्ठि नै सिकाई उपलब्धि भएका कारण त्यहि अनुसारको बातावरणमा आफूहरुले पढाउन थालेको उहाँ बताउनुहुन्छ । त्यसैले पनि होला रामपुर नगरपालिका भित्रको नमूना स्कुलहरुमा उहाँले आफनो नमूना बनाउन बिजयसर सफल हुनु भएको छ ।
आफनो सवै जीवनलाई शिक्षा क्षेत्रमा लगाएर आफ्नो ठाउँमा केही परिवर्तन खोजीरहनु भएका विजय सरले शिक्षा क्षेत्रलाई राम्रो बनाउनको लागि निरन्तर लागिरहनु भएको छ ।

सधै सकारात्मक सोचाई राख्ने,कसैसँग पनि नमिठो नबोल्ने,सधै मुस्कुराई रहने उहाँको स्वभाव छ।
आजका बालबालिका भोलीका कर्णधार भएकोले ती बालबालिकाहरुको रुची र इच्छा अनुसारको पढाई र ब्यवहारमा लागु हुने खालको शिक्षा दिनु पर्ने उहाँका योजनाहरु रहेका छन ।

युवा जोश र जाँगरका साथ स्कुललाई अगाडि वढाउन कस्सिनु भएका विजयसरको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ ।

यो समाचार हामिले दक्षिण एसियाको पहिलो ग्रामीण विकास पत्रिका गाउँले देउराली साप्ताहिकबाट लिएका हौ ।

प्रतिक्रिया

सम्बन्धित खवर