पाल्पा । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा सामाजिक अभियन्ता राम बहादुर राउत लुम्बिनी प्रदेश सरकराको मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० को उपदफा (१) अन्तरगत अनुसूची–२ (पछिल्लो संशोधन) बमोजिम राउतलाई यहि भदौ १५ गते देखि लागु हुनेगरी मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पाल्पाको पश्चिम क्षेत्रमा रहेको साविकको सोमादी गाउँपञ्चायत हाल रैनादेवी छहरा गाउँपालिका वडा नंं २ को सोमादी, दीगमा २०२४ साल असार १६ गते ममतामयी माता तुलसा राउत र पुज्यनीय पिता तिल बहादुर राउतको सात सन्तानमध्य ७ औं सन्तानका रुपमा जन्मिनुभएका राउत सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशील रहर्दै समाजशास्त्रमा विद्यावारिधी गर्नुभएको छ ।

नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल नामक सकारात्मक सोच अभियानमा समेत सक्रिया राउतले योजना तर्जुमा प्रकृयामा समस्या खोजेर होइन क्षमता पहिचान गर्दै परिकल्पनाका आधारमा योजना तर्जुमा गर्दा सफलतामा पुग्न सकिन्छ भन्ने विचार पुष्टि गर्नुभएको छ ।

सरकारको रणनीतिक योजना तर्जुमा, आवधिक योजना तर्जुमा, दीर्घकालीन योजना तर्जुमाका साथै संघसंस्था र परिवारको योजना निर्माणमा दखल राख्ने राउतको सीप, क्षमता र दक्षताको सही प्रयोग गर्न सके प्रदेशलाई समृद्धिको बाटोमा लैजान सकिने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर