काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् ।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र बयानका लागि बोलाएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । लामिछाने अघि समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर