संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ । संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै समितिको बैठक आज दिउँसो तीन बजे छुट्टाछुट्टै बस्दैछ । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुनेछन् ।
हाल यी समितिका बैठक बस्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

सभामुख देवराज घिमिरेले गत मंगलबार दुवै समितिका सभापति चयनका लागि मिति तोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर