९ साउन, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।
यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । बुधबार करिब ११ बजे पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन ।एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।
उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।