वासुदेव ढकाल

पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ तीसमुरे चौर सुन्दर पार्क बनेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तीन बर्ष पहिले झाँडी पोहोर खाडल रहेको तीसमुरे चौरलाई ब्यबस्थापन सहित बिभिन्न विकासको काम गरेपछि आजभोलि आर्कषक पार्क बनेको हो ।
रामपुर नगरपालिका वडा नं.६ले वडामा रहेका सरकारी सार्बजनिक जग्गा संरक्षण गर्दै त्यसको ब्यबस्थापन र उपयोग गर्ने गरी कार्यक्रम संचालन गरेपछि तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो ।


रामपुर नगरपालिका वडा नं ६ ले आ.व.२०७७÷०७८मा चौरको सरकारी जग्गा छुट्याएर घुम्ती बाटो पिच गरेर कार्यक्रम सुरु गरेपछि स्थानीयबासीको मन जीतेसंगै पार्कको स्वरुप बनेको थियो ।
चौरभित्र अब्यबस्थीत रुपमा रहेको बसोबासलाई ब्यबस्थापन गरी आ.व.२०७८÷०७९मा दुई लाख ५० हजार बजेट विनियोजन गरी शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति स्थापना गरेर गौतम बुद्ध चिल्ड्रेन पार्क नामाकरण गरी पार्कको काम सुरु गरेको निर्वतमान वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
लहरोतान्दा पहरो घर्किन्छ भने झंै आर्कषक बुद्धको मूर्ति स्थापना गरेरे अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक अनुदान सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम भयो ।

समथर हरियाली खुला चौरमा अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्था. लिमिटेड. रामपुर पाल्पाले सामाजिक उत्तरदायित्व कार्यक्रमबाट बाल बालिका जेष्ठ नागरिकहरुको लागि शीत्तलमा बस्ने प्रतिक्षालय बनाउने काम गरेको थियो ।

यसैगरी समाजसेवी रामप्रसाद लम्साल र चुत्रकुमारी लम्सालले समेत पार्कमा प्रतिक्षालय बनाउन सहयोग गर्नुभएको थियो ।

नेपालको झन्डा र बुद्ध झन्डा फर्फराउने पार्कमा सुन्दर बनाउन गत बर्ष रामपुर नगरपालिका कालीअाँप बिजयपुर बु्द्धपार्क हुदै तालपोखरा तिलपुर पुष्प मार्ग घोषणा गरी सौन्दर्य प्रदायक विरुवा रोप्ने काम गरेपछि पार्कको सौन्दर्य अझ बढेको स्थानीयहरु बताउछन् ।
गएको आर्थिक वर्षमा लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट १० लाख बजेटमा वुद्धमूर्ति राख्ने, आकर्षक कम्पाउण्ड गर्ने, पार्कमा पैदल ट्याक बनाउने र जेष्ठ नागरिक बिश्राम स्थल प्रतिक्षालय बनाउने काम समेत सम्पन्न भएको छ ।

त्यस्तै रामपुर नगरपालिका वडा नं.६को गत बर्षको ३ लाख बजेटबाट खुल्ला ब्यायमशाला स्थापना गरेपछि बुद्धपार्कको स्वरुप नै फेरिएको     छ ।
करिव ८ रोपनी क्षेत्रफलको सरकारी जग्गामा रहेको बुद्धपार्कमा विरामीहरुको लागि स्वस्थ्य हुन नियमित ब्यायाम गर्ने ब्यायामशाला, बिद्यार्थी वालवालिका खेल्ने सानो खुल्ला चौर, बुद्धका अनुयायीहरुलाई बुद्ध मूर्ति दर्शन गर्न, पार्कमा घुमफिर गर्न आर्कषक फोटो खिच्न,सेल्फी लिन टिकटक बनाउन,साँझ बिहान खुला सफा चौरमा आराम गर्न,भेटघाट गर्न गफगाफ गर्ने आरामदायी स्थल बनेको छ ।

सेरोफेरो चारैतर्फ घरबासोबास भएको बुद्धपार्कको संरक्षण सरसफाई र रेखदेख गर्न र टोलबासीलाई समुहमा आवद्ध बनाई नियमित बचत गर्ने काम गरिएको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउनु हुन्छ ।
वडा नं.६को बिचमा पर्ने सानो पार्क भएकोले सबैको ध्यान तथा साथ सहयोगमा वडा कार्यालयले आफ्नो गहनाको रुपमा लिएको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुभयो ।
स्थानीय बासीको मेहनत, नियमित सरसफाई,रेखदेख र स्थानीय उपभोक्ताको लगनशिलताले पनि पार्कलाई सुन्दर र आर्कषक बनाउन सहयोग मिलेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा बताउनुहुन्छ ।

गाउँमा परेका बजेट र कार्यक्रमलाई उपभोक्ताले माया गरेर सम्पन्न गर्न सके मात्रै पनि साना साना बजेटबाट छोटो समयमै परिबर्तन आउने उदाहरण बनेको छ रामपुर नगरपालिका वडा नं.६मा वनेको बुद्धपार्क

 

-दक्षिण एसियाको पहिलो र पाल्पा जिल्लाकै जेठो नेपाल सरकारबाट क वर्गमा सूचिकृत विकास पत्रिका गाउँले देउराली साप्ताहिकवाट-

प्रतिक्रिया

सम्बन्धित खवर