रामचन्द्र नेपाल
रामपुर नगरपालिका वडा न ५ राङवाङका माधव शर्माको उमेर ४५ वर्ष पुगेको छ ।
चार जना दिदी र चारजना दाइहरु मध्ये उहाँ सवैभन्दा कान्छो हुनुहुन्छ ।
उहाँको बाल्यकाल सामान्य तरिकाले वितेको थियो । घरको कान्छो छोरा भएको कारणले गर्दा सानै देखि सवैको माया पाउनु भयो ।
उहाँको परिवार शिक्षित परिवार मध्येमा पर्ने भएको कारण सवैलाई पढाउनु पर्दछ भन्ने बुबा आमाको मान्यता थियो ।
त्यसैले पनि परिवारका सवैले सक्दो पढ्नु भएको छ । माधवको अध्ययनको शुरुवात रामपुरमा रहेको रामतुलसी माध्यमिक विद्यालयबाट भएको हो । त्यहाँ उहाँले कक्षा १ देखि ६ कक्षा सम्म पढनुभयो । त्यसपछि भने उहाँले त्यहाँ निरन्तर पढ्न पाउनु भएन ।
माधवको माइलो दाइ सरकारी नोकरी गर्नुहुन्थ्यो । उहाँ सँगै वाग्लुङ जानुभयो र त्यहि पढनु भयो ।
त्यसपछि दाइको सरुवा जहाँजहाँ हुन्छ त्यहि त्यहि दाइसँग जानु भयो र पढनुभयो एलएलसी भने पाल्पाको रामपुरबाट नै दिनुभएको हो । माधवले एलएलसी सक्ने बेलामा नेपालमा माओवादीद्धन्द निकै वढेको थियो ।
त्यसैले उहाँले आफ्नो अध्ययनलाई रामपुरमै वसेर अगाडि वढाउन सक्ने अवस्था रहेन र काठमाण्डौ जानुभयो ।
काठमाण्डौमै वसेर अध्ययन लाई अगाडि वढाउनुभयो । यसैक्रममा उहाँ द रेयुकाई नेपाल भन्ने संस्थामा आवद्ध हुनुभयो ।
आफ्नो आचरणलाई कसरी परिर्वतन गर्न सकिन्छ ? असल मानिस कसरी बन्न सकिन्छ? दुखीहरुको सेवा कसरी गर्नुपर्दछ ? भन्ने ज्ञान उहाँले त्यहाँ वस्दा सिक्ने अवसर पाउनु भयो र आफना्े जीवनमा पनि लागु गर्न थाल्नुभयो ।
उहाँ काठमाण्डौ बस्ने बेलामा नेपालीहरुको विदेश जाने लहर खुव चलेको थियो ।
तर उहाँमा विदेश जाने सोच भने आएन । वरु विदेश जानेहरुलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने ठानेर काठमाण्डौको विश्व भाषा क्याम्पसमा भर्ना हुनुभयो ।
त्यहाँ उहाँले अन्य विषयका अलावा जापानी भाषा तीन वर्षसम्म पढ्नुभयो ।
काठमाण्डौका विभिन्न इन्सिच्यूटहरुमा जापानी भाषा समेत पढाउन थाल्नुभयो माधवलाई काठमाण्डौमा अरुको इन्सिच्यूटमा पढाउनु भन्दा आफ्नै ठाउँ रामपुरमा फर्केर इन्सिच्यूट खोल्ने इच्छा जाग्यो ।
रामपुरमा फर्किएर ओसिएन ल्याङवेज इन्सिच्यूट नाम राखेर इन्सिच्यूट खोल्नुभयो।
यतिवेला उहाँको विवाह भैसकेको थियो। बालबच्चाहरु पनि जन्मिसकेका थिए।
त्यसमाथि श्रीमती (प्रमिला काफ्ले) लाई क्यान्सर रोग देखा पर्यो।श्रीमतीको उपचारको लागि पटक पटक भारत जानुपर्ने अवस्था आएपछि निकै राम्ररी चलेको इन्सिच्यूट नै बन्द गर्नुपर्ने अवस्था आयो ।
करीव एक वर्षको उपचार पश्चात श्रीमती प्रमिला पूर्ण रुपमा निको हुनुभयो ।
त्यसपछि उहाँमा आफूले रेयुकाईमा पाएको ज्ञान र आफनै घर परिवारमा परेको घटनाले समाजसेवामा लाग्न अझ वढी प्रेरित गर्यो । रेयुकाईमा आवद्ध हुदाँ खेरी उहाँको सोच समाजसेवा गर्ने थियो ।
त्यसैले लक्ष्मी नारायण मेमोरियल फाउण्डेसनको स्थापना गर्नुभयो ।
माधवले अहिले घरपरिवारको साथमा रहदै लक्ष्मी नारायण मेमोरियल फाउण्डेसनलाई अगाडि वढाईरहनु भएको छ ।
करीव ५० रोपनी जति जग्गा ठेक्कामा लगाउनुभएको छ । त्यहाँबाट आउने आम्दानी उहाँले समाजसेवामा लगाईरहनु भएको छ । केही अरु जग्गा जमिन थियो त्यो बेचेर त्यसको पैसा सुरक्षित किसिमले बैकमा राख्नु भएको छ ।
त्यसको ब्याजले मात्र पनि उहाँलाई परिवार चलाउनको लागि पुगेको छ । माधवले केही समय अगाडि दुईबटा जर्सी गाई समेत पाल्नु भएको थियो । दुघ समेत वजारमा लगेर वेच्नु हुन्थ्यो ।
गाई फर्म चलाउनको लागि १२ रोपनी जग्गामा घाँस पनि लगाउनु भएको थियो । ब्यवस्थित किसिमले गाई फर्म चलाउने योजना समेत रहेको थियो तर श्रीमती विरामी, काम गर्ने कोही पनि नपाएपछि गाई फर्म चलाउने योजनाहरु सेलाएर गए ।
काम गर्ने कोही नभएपनि जर्सी गाईहरु समेत वेचिदिनुभयो । कृषि फर्म चलाउने योजना भने अझै मरेको छैन ।
अहिले भने रेष्टुरेण्ट ब्यवसाय लाई अगाडि वढाउनु भएको छ ।
अब अन्य ब्यवसायहरु पनि गर्ने सोचमा समेत माधव हुनुहुन्छ आफू जन्मेको ठाउमा केही गर्नुपर्छ भन्ने माधव गाउँ बालसंरक्षण समितिको संयोजक भएर काम गरिसक्नु भएको छ ।
आफू संयोजक हुँदा बालअधिकार सम्वन्धि थुप्रै तालिमहरु समेत चलाउनु भएको थियो ।
यसैगरी विभिन्न निकायहरु सँगको समन्वयमा डेक्स बेञ्च हरु समेत जुटाउनु भएको थियो । माधवले जापानी भाषा राम्ररी बोल्न र लेख्न सक्ने भएको कारण पूर्वी पाल्पामा रहेर समाजसेवा गरिरहनु भएका जापानीज समाजसेवी ओकेबाजेलाई समेत विभिन्न ठाउँमा पुर्याएर सहयोगको अपिल समेत गर्नुभएको थियो ।
जसको कारण पूर्वी पाल्पामा उहाँको पहलमा केही विद्यालयका भवनहरु समेत बनेको उहाँले बताउनुभयो माधव रामपुरमा विभिन्न संघसंस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ ।
रामपुर सहकारीको सेयर सदस्य,अन्धकार बचत तथा श्रृण सहकारीको सदस्य लगायत गाउँठाउँमा रहेका विभिन्न संघसंस्थाको जिम्मेवार पदमा वसेर काम गरिरहनु भएको छ ।
योग ध्यानमा रुची राख्नु हुने माधवले नेपालमा कोभिडको अवस्था हुँदा धेरैलाई सहयोग पुर्याउनु भएको थियो विरामीलाई अस्पताल लैजाने देखि औषधी किनेर घरमा ल्याईदिने होस कि काउन्सिलिङ गर्ने काममा उहाँ निकै लाग्नु भएको थियो ।
अफ्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने भएकोले पनि उहाँले धेरैलाई सहयोग गरिरहनु भएको छ ।
कुनै पनि राजनीतिमा उहाँ सक्रिय भएर अहिले सम्म लाग्नु भएको छैन र आउँदा दिनहरुमा पनि लाग्ने कुनै योजना छैन भन्नुहुन्छ । माधवले विशेष गरी बालबालिका, र असहायहरु तथा विरामीहरुलाई निकै सहयोग गर्नुभएको छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकाहरुलाई सम्वन्धित ठाउँसम्म पुर्याईदिने काममा उहाँ सधै लाग्नु हुन्छ । समाजसेवामा लाग्नको लागि श्रीमती प्रमिलाको पनि उत्तिकै सहयोग रहेको उहाँले बताउनु भयो ।
दुइ छोरीको बुबा वनिसक्नु भएका माधवको जीवनबाट हामिले पनि धेरै कुरा सिक्न र आफ्नो ब्यवहारमा लागु गर्न सकिन्छ