सुन्दर प्रसाद श्रेष्ठको घर पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं १ गोर्खेकोट भन्ने ठाउँमा पर्दछ । उहाँको उमेर ५२ वर्ष पुगेको छ एक दाजु, एक भाइ,एक दिदी र दुइ वहिनी मध्ये उहाँ माईलो हुनुहुन्छ ।
सुन्दरप्रसादको बाल्यकाल निकै दुःखका साथ बितेको थियो । आर्थिक अवस्था त्यति राम्रो थिएन। आमाले घर गृहस्थी र कृषि काम गर्ने गर्नुहुन्थ्यो भने बुबा वेरोजगार जस्तै हुनुहुन्थ्यो। बुबाले लेखापढीको काम थालेपछि भने आर्थिक अवस्था सुध्रिएको थियो ।
गोर्खेकोटमा त्यो बेलामा स्कुल थिएन । पढ्नको लागि तानसेन बजार आउनु पर्दथ्यो । विहान बेलुका घरमा गाइवस्तु चराउने दिउँसोमा तानसेनको भगवती मन्दिर हाता भित्र रहेको भगवती प्राथमिक विद्यालयमा पढ्न आउने गरेर पढाईको शुरुवात भएको थियो ।
स्कुल टाढा थियो तर सुन्दरको पढ्ने इच्छा भने निकै थियो । उहाँले कक्षा तीन सम्म भगवती प्रावि भगवतीस्थानमा पढ्नु भयो । त्यतिवेला अहिले जस्तो स्कुलहरुले ड्रेस दिने चलन थिएन । खागीको कट्टु र हेटौडा कपडा उद्योगमा बनेको निलो सर्ट लगाएर खाली खुट्टा तानसेन गएर पढेको उहाँ अहिले पनि झलझलि संझनु हुन्छ ।


सुन्दरले कक्षा चार देखि भने तानसेनको पपनमाविमा पढनु भयो । लेख्न पढ्नमा मात्रै होइन अतिरिक्त क्रियाकलापमा समेत उहाँको निकै रुचि थियो। विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगितामा भाग लिने गर्नुहुथ्यो हाजिरी जवाफ, हिज्जे,बादबिवाद अतिरिक्त क्रियाकलापमा भाग लिने गर्नुहुन्थ्यो ।
सुन्दरले पपनमाविबाट एसएलसी पास गर्नुभयो । पढ्नको लागि सधै पैसाको(अभाव हुने गर्दथ्यो । त्यही भएर उहाँले आफू भन्दा तल्लो कक्षामा पढ्ने भाइबहिनीहरुलाई एक ठाउँमा जम्मा पारेर होम टिउसन पढाउनु हुन्थ्यो।त्यस बापत एकजनाबाट महिनाको २० देखि ३० रुपैयाँ पाउनुहुन्थ्यो। त्यो पैसा उहाँले आफूलाई चाहिने किताव, कापी, किन्नमा खर्च गर्नुहुन्थ्यो।यसै गरेर नै उहाँले आफ्नो पढाईलाई अगाडि बढाउनु भएको थियो क्याम्पसमा पढ्ने बेलामा समेत उहाँले होम टिउसनलाई निरन्तरता दिईरहनु भयो।
सुन्दरले २०४९ सालमा शिक्षा आयोगबाट नाम निकाल्नु भयो। आयोगमा नाम निस्किएपछि बालहित मावि सहलकोटमा १८ महिना,गणपति मावि विरकोटमा दुइ वर्ष पढाउनु भयो । नोकरी खाएपछि भने पढ्नको लागि आर्थिक अवस्थाको समस्या भएन
गणपति माविमा पढाई रहेको अवस्थामा उहाँलाई धनगढीमा लिर्डस नेपाल भन्ने एनजीओमा काम गर्ने अवसर पाउनु भयो। शिक्षकको तलव भन्दा निकै राम्रो तलव भएपछि र घरको आर्थिक अवस्थामा पनि सुधार आउने भएपछि स्थायी नोकरीबाट राजिनामा दिएर धनगढी पुग्नु भयो। त्यो बेलामा उहाँको तलव मासिक रुपमा चालिस हजार रुपैयाँ भन्दा धेरै थियो। लिर्डस नेपाल भन्ने संस्थामा करीव चार वर्ष बिताउनु भयो ।
रिडर्स नेपालमा काम गर्दा उहाँले निकै धेरै नयाँ नयाँ कुराहरुको ज्ञान लिन पाउनु भयो । आफूले जानेका कुराहरु आफूमा मात्र राख्ने होइन सवैमा बाडनु पर्दछ भन्ने ज्ञान अझ बढी सुन्दरमा थपियो ।
चार वर्ष धनगढीमा बस्दा धेरै कुराको ज्ञान मात्र होइन आर्थिक अवस्था पनि फेरियो । धनगढीको नोकरी छाडेर आफ्नै ठाउँमा शिक्षा सम्बन्धी केही गर्नुपर्छ भन्ने उहाँलाई लाग्यो । आफूले टाढा भएर पढनु परेको समस्यालाई संझनु भयो। मन मिल्ने चार जना साथीहरु मिलेर आप्mनो जन्मथलो गोर्खेकोटमा विस्डम इङलिस वोडिङ्ग स्कुलको स्थापना गर्नुभयो ।
करीब करीव १३ वर्ष सम्म वोडिङ स्कुल सन्चालनमा ल्याउनु भयो त्यो बेलामा नेपालमा माओवादी द्धन्द निकै बढेको थियो।वोडिङ स्कुलहरु बन्द हुने अवस्थामा थिए । सुन्दरहरुले भने निर्धक्कसँग वोडिङ चलाउनु भयो वोडिङ स्कुलहरु एक हुनु पर्दछ भन्ने अभियान जस्तै चलाउनु भयो। रुपन्देही जिल्लामा वोडिङहरुको छाता संस्था प्याप्सन खुलिसकेको थियो।पाल्पामा भने खुल्न सकेको थिएन। उहाँ सहित साथीहरुले प्याप्सन खोल्नु पर्दछ भनेर लाग्नुभयो र पाल्पा प्याप्सनको संस्थापक सचिव भएर काम समेत गर्नुभयो ।
विभिन्न कारणहरुले गर्दा वोडिङ चलाउनलाई समस्या देखिएपछि वोडिङ्ग बिक्री गर्नुप¥यो र काठमाण्डौ जानु भयो। काठमाण्डौमा गएर केही समय किराना पसल चलाउनु भयो ।
पाल्पाका केही शिक्षित ब्यक्तिहरुले काठमाण्डौमा पसल होइन पाल्पामा केही गर्नुपर्दछ। तपाईजस्तो ब्यक्ति पाल्पामा हुनुपर्दछ भनेर उहाँलाई पाल्पा फर्काउनको लागि प्रयास गरेपछि उहाँ पाल्पा फर्कनु भयो। पाल्पा आएपछि सूर्य लाईफ इन्सोरेन्समा व्रान्च इन्चार्ज भएर चार वर्ष काम गर्नुभयो ।
यसैक्रममा आफ्नो ठाउँ नजिकै तानसेनको भुषालडाडाँमा रहेको विद्यालयको अवस्था निकै नाजुक थियो । अनिल खाडँले विद्यालयको अवस्थाको बारेमा बताउनुभयो । सुन्दरलाई स्कुलमा आएर पढाएर सहयोग गरिदिनु प¥यो भन्ने प्रस्ताव राख्नुभयो। विद्यालय ब्यवस्थापन समितिको बैठकमा पनि सुन्दरको नाम बारम्बार आईरह्यो । सवैजनाले उहाँलाई ल्याएर विद्यालयको अवस्था सुध्रने अवस्था देखेपछि सवैजनालाई उहाँलाई विद्यालयमा ल्याउन कस्सिनु भयो। सुन्दरले पनि यदि म स्कुलमा आउने हो भने मैले भने अनुसारको गर्नुपर्दछ भन्ने शर्त राख्नुभयो विद्यालय ब्यवस्थापन समितिमा उहाँको कुरा लागु हुने भएपछि उहाँ विद्यालयमा पढाउन थाल्नुभयो ।
सुन्दरले २०६८ सालमा विद्यालयमा पढाउने बेलामा विद्यार्थी संख्या १२ जना मात्रै थियो । कक्षा कोठाहरु निकै फोहर थिए। उहाँले विद्यार्थीहरुलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर विभिन्न उपायहरु निकाल्न थाल्नुभयो। वोडिङ्ग सन्चालन गर्दाको अनुभव भएको कारण विद्यालयको अवस्थामा सुधार आउन थाल्यो।पहिलो शैक्षिक शत्रमै १२ जनाबाट विद्यार्थी बढेर ९८ जना पुग्यो
निकै हक्की स्वभावका सुन्दर विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर रातदिन लागिरहनु भयो त्यो अभियानमा विद्यालयमा पढाउने अन्य शिक्षक शिक्षिकाहरु ब्यवस्थापन समितिका पदाधिकारीहरु र अभिभावकहरुले पनि उत्तिकै साथ दिए ।
विद्यालयले चौतर्फी विकास गर्न थाल्यो । विद्यालयले पहिलो वर्षमै गुणस्तरीय नतिजा दिएपछि विद्यार्थीहरु र अभिभावकहरुको रोजाईमा भुषालडाँडाको विद्यालय बन्नु पुग्यो ।
विद्यार्थीहरु बढदै गए तर कक्षा कोठाहरु भने प्रयाप्त थिएनन् । यसैक्रममा स्थानीय बासुदेव खड्काको जापानिज समाजसेवी ओकेबाजेसँग सम्पर्क रहेछ।उहाँले ओकेबाजेलाई स्कुलमा ल्याउनु भयो र स्कुलको बारेमा बताउनुभयो। ओकेबाजेले चार कोठे भवन वनाउन ६ लाख रुपैयाँ दिएर सहयोग गर्नुभयो। विद्यालयलाई अगाडि बढाउनको लागि देउसी भैलो खेल्ने योजना बन्यो र यसबाट ५ लाख भन्दा धेरै रकम संकलन भयो। त्यसपछि विभिन्न निकाय र ओकेबाजेको सहयोगमा विद्यालयमा भवनहरु क्रमश बन्दै जान थाले ।
विद्यालयका अन्य शिक्षक शिक्षिका, अभिभावकहरु, सन्चालक समितिका पदाधिकारीहरु विद्यालयलाई अगाडि कसरी बढाउन सकिन्छ भनेर रातदिन नभनेर लागिरहनु भयो जसको कारण आज विद्यालयको अवस्था निकै फेरिएको छ । बन्द हुन लागेको या भनौ १२ जना भएको विद्यालयबाट अहिले ५ सय २० जना विद्यार्थीहरु पुगिसकेका छन् । शिक्षक र कर्मचारी गरेर ३४ जनाले अहिले विद्यालयमा सेवा गरिरहनु भएको छ ।
अंग्रेजी माध्यमबाट पढाईहुने भएकाले पनि अहिले विद्यालयमा भर्ना हुने विद्यार्थीहरुको सख्या बढिरहेको छ । मिसन अस्पतालका २०६९ साल तिरका निर्देशक डिग्वी होयलले पनि विद्यालयको अवस्था सुधार गर्नको लागि निकै सहयोग गर्नुभयो ।
सुन्दर निक्कै हक्की स्वभावको हुनुहुन्छ । आफूलाई मन नपरेको कुरा निर्धक्कका साथ राख्नुहुन्छ विद्यालयलाई यो अवस्थामा ल्याउन उहाँको निकै ठुलो हात रहेको कुरा त्यस भेगका अभिभावकहरुको मुखबाट सुन्नमा पाइन्छ ।
सुन्दरले भुषालडाँडाको विद्यालयलाई आफ्नो जीवन ठान्नु भएको छ। अहिले पनि रातदिन नभनेर विद्यालयको शैक्षिक अवस्था सुधार्नको लागि लाग्नु भएको छ। अनुशासन र दृढ इच्छा हुने हो भने काम गर्न सकिने उहाँको ठम्याई छ। यति धेरै काम गर्नुभएका सुन्दर भने विद्यालयमा निजी श्रोतको शिक्षक हुनुहुन्छ
अहिले पाल्पा जिल्लामा नाम चलेका विद्यालयहरुमा श्री भुषालडाँडा माध्यमिक विद्यालयको नाम समेत आउने गरेको छ। यो अवस्थामा आउनको लागि आफ्नो मात्रै नभएर सिगो टिमको साथ रहेको सुन्दर बताउनु हुन्छ ।
उहाँलाई आजको अवस्थामा पु¥याउनको लागि उहाँको जीवनसाथी लिला श्रेष्ठको पनि उत्तिकै साथ र सहयोग छ। सुन्दरका कामहरुलाई उहाँले सधै साथ र हौसला दिईरहनु भएको छ।एक छोरा र एक छोरीका बुवा समेत बनिसक्नु भएका सुन्दरको एक छोराले इन्जिनियर पास गरिसकेको छन् भने छोरीले १२ कक्षा पढिरहेकी छिन् ।
निवास्र्थ भावनाले काम गर्ने हो विद्यालय मात्र होइन समाज बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नु भएको छ सुन्दर श्रेष्ठ। विभिन्न सामाजिक क्षेत्रहरुमा समेत उहाँको उत्तिकै योगदान रहेको छ।उहाँको जीबनबाट हामीले पनि धेरै कुरा सिकेर हाम्रो जीवनमा लागू गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर