लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरे लगत्तै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

चौधरीले बुधवार माओवादी केन्द्रबाट मन्त्री बनेकाहरू धनबहादुर मास्की र कृष्णा केसीलाई पदबाट बर्खास्त गरेका थिए । मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।

माओवादी संसदीय दल नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आगामी योजनाबारे छलफल भइरहेको बताए । चौधरी गत वैशाख १४ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

चौधरीलाई त्यतिखेर माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा , एकीकृत समाजवादी लगायतको विश्वासको मत दिएका थिए

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ।लुम्बिनीमा एमालेका २९, काँग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर