कालीगण्डकी गाउँपालिका स्याङ्जाले आयोजना गरेको पाँचौ अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव २०८० मा विभिन्न विद्याका खेलाडीहरुले आफ्नो खेल क्षमता प्रदर्शन गरिरहेका छन।

यतिबेला कालीगण्डकी ७ स्थित मिर्मी खेलमैदानमा जारी अध्यक्ष कप एवं कालीगण्डकी खेलकुद महोत्सवमा कालीगण्डकी ४ का बुद्धिचाल तर्फका खेलाडी विवेक पाण्डेले प्रतियोगितामा उपस्थित सबैको ध्यान खिचिरहेका छन।

शारीरिक रुपले फरक क्षमता भएका विवेकले हालसम्म औपचारिक शिक्षा लिएका छैनन्।
विवेकले कुशलता पुर्वक बुद्धिचालका गोटि चालेर अन्य प्रतिस्पर्धीलाई टक्कर दिदै फाइनलमा प्रवेश गरेका छन।
सानैदेखि बुद्धिचालमा रुचि राख्ने उनी फुर्सदको समयमा घरमै बुद्धिचाल खेलेरै समय व्यतीत गर्ने गरेको उनिसंगै बुद्धिचाल खेल्ने गरेका सहपाठीले हामिसंगको भेटमा जानकारी गराए।

बुद्धिचाल प्रति उनको रुचि देखेर नै अहिले जारी प्रतियोगितामा वडा नं ४ को तर्फबाट प्रतियोगीको रुपमा छनोट गरिएको वडा नं ४ का खेल संयोजक चिरञ्जीवी न्यौपानेले जानकारी गराउनु भयो।
मंसिर २९ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना द्वारा समुद्घाटन भएको प्रतियोगिता एवं खेलकुद महोत्सव पुस १ सम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर