उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाकाल देखि बामपन्थी निकटका व्याक्तिहरुकै नेतृत्वमा संचालन हुदै आएको थियो । हरेक अधिवेसनमा काँग्रेस र एमाले बिच भागबण्डामा नेतृत्व एमालेले नै लिदै आएको छ । नवौ अधिवेसनसम्म आइपुग्दा नेकपा एमालेले उपकार सहकारीको नेतृत्व पुन दावी गर्दै आउदा एमाले भित्रै भाँडभैलो हुन पुगेको छ । एमालेले उम्मेदवार नमिलाउदा सहकारी अन्ततः निर्वाचनको मुठभेडमा जान बाध्य भएको छ । यो बाध्यताले सहकारीलाई ठुलो क्षती पुग्ने देखिएको छ ।

नेकपा एमालेले पार्टीको तर्फबाट लक्ष्मीपति पौडेललाई अध्यक्षको उम्मेदवार बनाएपछि एमाले नगर सचिव समेत रहेका यामकान्त खनाल पनि अध्यक्षमा उम्मेदवार बने । निर्वाचनको अन्तिम घडीसम्म आईपुग्दा खनालले अध्यक्ष पदको उम्मेदवारी फिर्ता नलिएपछि नेकपा एमाले जिल्लाले समेत सार्वजनिक सूचना जारी गरेर सहकारीको आधिकारीक उम्मेदवार पौडेल रहेको र सबै शेयर कार्यकर्तालाई पौडेलको पक्षमा मतदान गर्न अनुरोध गरेको छ ।

पौडेललाई एमाले पार्टी स्याङ्जाले बिज्ञप्ती नै निकालेर भोट मागेपछि खनाल पक्षधरहरु झनै आक्रामक देखिएर चुनावी मैदानमा उत्रेका छन् । जसले गर्दा नेकपा एमाले स्याङ्जाले खनाललाई ६ महिनाका लागि पार्टीबाट समेत निलम्बन गर्न बाध्य भएको छ । जसले गर्दा सहकारीको निर्वाचनले एमाले वालिङ सहित जिल्लाभर भाँडभैलो मच्चिएको छ । संघिय निर्वाचन जस्तै गरी बागी उम्मेदवार दिएको भन्दै एमालेले खनाललाई कारवाही गरेपछि कार्यकर्ता तहसम्मका सदस्यहरु नेतृत्वप्रति आक्रमक देखिएका छन् । सहकारीको निर्वाचनमा देखिएको एमालेको यो ध्रुवीकरणले पार्टीमा आगामी निर्वाचनमा समेत ठुलो क्षती पुग्ने अनुमान गरिएको छ । कारवाही पछि एमालेका कार्यकर्ताहरुले पौडेल र खनालका बिषयमा टिकाटिप्पणी समेत गर्न थालेका छन् । यो सहकारीको निर्वाचन एमालेका लागि फलामको च्यूरा सरह भएको बुझिन्छ ।

नेकपा एमाले जिल्ला कार्यसमितिका अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) ले कारवाही गरेको पत्र पठाएपछि अध्यक्ष पदका उम्मेदवार खनालले यस बिषयमा निर्वाचन पछि मात्रै बोल्ने बताएका छन् । यस बिषयले मेरो जिवनमा खासै फरक पर्दैन उनले भने,‘सहकारीकै ऋण खाएर पैसा नतिर्नेहरुले आफुलाई प्रायोजितरुपमा कारवाही गरेका छन् ।’ यसले मेरो जिवनमा बाटो खुलेको छ यसको फेरहिस्ता बाहिर आउने छ उनले भने । निर्वाचनको संघारमा भएकाले धेरै नबोल्ने भन्दै खनालले सहकारी निर्वाचनमा शेयर सदस्य उठ्न पाउने अधिकारलाई पार्टीले अंकुश लगाउन खोज्नु वैयक्तिक स्वतन्त्रता बिरोधी कार्य भएको बताए ।
स्रोत :- पब्लिक आवाज

प्रतिक्रिया

सम्बन्धित खवर