
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२३ श्रावन २०७८, शनिवार
रोजगारीको लागि मलेसिया आएका एक नेपालीको मृत्यु भएको छ ।
सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा न १२ गडमे घर भएका ३८ बर्षिय खिल बहादुर शाहीको मृत्यु भएको हो।
डमरु रिसोर्स प्राली मार्फत रोजगारीका लागि आएका शाहि अल्फा फोर्स सेक्युरिटि कम्पनीमा विगत साढे तीन वर्ष देखि कार्यरत रहेका थिए ।
पछिल्लो समयमा उनी सेलाङ्गरको साहआलम सेक्सन २ मा सेक्युरिटिगार्डको रुपमा कार्यरत थिए ।
शाहिमा दुई दिन अगाडि देखि रुघाखोकि र ज्वरोको लक्षण देखिएको थियो ।
आफना सहकर्मि साथीहरुलाई कोरोना पोजेटिभ आएर क्वारेन्टाईनमा वसेको भएपनि उनले कोरोना परीक्षण गर्न नमानेको उनी सगै काम गर्ने साथीहरुले वताएका छन । कोठामै वसिरहेको अवस्थामा शुक्रवार दिउसो उनको मृत्यु भएको हो ।
शाहीको परिवारमा श्रीमती र तीनवटा छोरा छन । शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ ।