दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२३ श्रावन २०७८, शनिवार

मलेसिया सरकारले आफना नागरीक सरह विदेशि नागरिकहरुलाई पनि सहजै कोरोना विरुद्धको खोप दिईरेहको छ ।
खोप लिनको लागि माईसजेत्रामा अनलाईनमा गएर समय लिन सकिने छ । त्यसको उपभोग सवैले गरिरहेका छन । यसको अलावा कम्पनीहरुले समय लिएर पनि आफनो पायक पर्ने ठाउँहरुमा लगेर खोप दिलाईरहेको छ । खोप लिनको लागि आफु कुन देशको प्रमाणभने आवश्यक पर्ने छ ।
यसैगरी खोपको पहुच अवैधानिकहरुलाई समेत पुगोस भन्ने उदेश्यले आउदो ९ अगष्ट देखि २२ अगस्ट सम्म कुकित जलिलको स्टेडिएमा समेत खोपको सुविधा दिने भएको छ । अवैधानिक भएर वसिरहेकाहरुले समेत सहज रुपमा यहाँवाट खोप लिन सक्ने छन । अवैधानिक भएर वसेको भएपनि नेपाली भएको प्रमाणलिएर गएमा त्यहाँ खोप लिन सकिने छ ।
नेपाली दुतावास क्वालालम्पुरले वारम्वार नेपालीहरुलाई खोप लिनको लागि अनुरोध गरिरहेको छ । खोपमा लिनको लागि कुनै समस्या परेको भए खवर गर्न समेत अनुरोध गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर