दिनेश खडका खप्तडि/ क्वालालम्पुर

२२ श्रावन २०७८, शुक्रवार

मलेसियाको जेलवाट भोजपुरका एक युवाले आफनो आमालाई चिठि पठाएका छन ।

मलेसियाकै जेलवाट फर्किएका अन्य साथीहरुलाई सानो कागजको टुक्रामा उनले आफु पैसाको कारणले घर आउन नसकेको उल्लेख गरेका छन ।
जेलवाट चिठि पठाउदा उनले भोजपुर जिल्ला यु गाविस वडा न ५ वोवेक र आफनो नाम किसान राई उल्लेख गरेका छन ।

उनले चिठिमा लेखेका छन

‘आमा म किसान हो । यो चिठि चन्द्रदाई सगं पठाएको छु । घरसल्लाह गरेर पैसा पठाईदिनु होला । म यहाँ पैसाको कारणले जेलमा परेको छु । यदि पैसा भएमा भने म घर आउने सक्नेछु । जसरी हुन्छ मलाई यहाँवाट निकाल्नु होला आमा’ । उनले आफनो आमाको नाम मित्रमाया लेखेका छन । यसै गरेर मलेसियामा जेलको वडिन Kishan Rai  2106 DLB000005 उल्लेख गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर