
१९ श्रावन २०७८, मंगलवार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि नेपाली क्रिकेट भने खेल्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ । तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दैछ ।’
उनले नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेकाे बताएका छन् ।
उनले फेसबुकमा यस्तो लेखेका छन्-
सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति र्कतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको छु ।
नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।
उनले २००२ मा १५ वर्ष हुँदा मैले शुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहनेछु ।
क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ । मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो । तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइँमा पुर्याउनेछौँ ।
अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ । तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दैछ ।
मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रुपमा मसँग रहनेछ । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइँमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।