
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
१८ श्रावन २०७८, सोमवार
गैर आवासिय नेपाली संघ मलेसियाले आयोजना गरेका स्वास्थ सम्वन्धि कार्यक्रममा वोल्दै डा.प्रकाश श्रेष्ठले खोप लिएकाहरुलाई कोराना सर्ने संभावना कम रहेकाले मलेसियामा भएका सवै नेपालीहरुलाई खोप लिन अनुरोध गरेका छन ।
एनआरएनको स्वास्थ विभागको समेत जिम्मेवारी लिएर काम गरिरहेका डा.श्रेष्ठले भने खोप लिएपछि पनि स्वास्थका मापदण्डहरु पालना गर्नुपर्ने भन्दै कोरोनावाट जोगिन खोपको निकै महत्व रहेको वताए ।
कार्यक्रममा अमेरीकामा रहेका अर्का डा.सन्जीव सापकोटाले कोभिड भएकालाई एकदमै रेस्पेष्ट गर्नुपर्ने तर सस्पेक्ट पनि उत्तीकै गर्नुपर्ने वताए । उनले कोरानाका लक्षणहरु जस्तै ज्वरो आउने,घाटि दुख्ने छाति दुख्ना साथ सावधानी अपनाईहाल्नु पर्ने वताए । उनले साथीसाथी मिलेर भएपनि थर्ममिटर,अक्सिमिटर,सिटामोल जस्ता औषधिहरु लिएर राख्नु पनि सुझाब दिए ।
कार्यक्रममा वोल्दै नेपाली दुतावासका द्धितिय सचिव प्रतिक कार्किले रोगले कुनै भुगोल नछुटयाउने भएको र मलेसियाको सरकारले आफना देशका नागरीक सरह खोप सुविधा उपलब्ध गराएकोले खोपलिन सवैमा अनुरोध गरे । उनले नेपाली दुतावासले आफनो सेवा सुविधा दिन र मलेसियामा रहेका श्रमिकहरुलाई सुख दुख हरवखत सेवा गर्न आफुहरु तयार रहेको वताए ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद थापा,आईसिसि सदस्य विरेन्द्र नेगी,कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल,समाजसेवि रमेश वस्नेत,पत्रकार तिलोचन गौतम लगायतकाले मलेसियामा कोभिडले पारेको प्रभावमा नेपालीहरुको वर्तमान अवस्थाको वारेमा जानकारी गराएका थिए ।
नयाँ कार्यसमिति वनेपश्चात एनआरएन मलेसियाको यो पहिलो कार्यक्रम हो । यस्तै रचनात्मक क्रियाकलापहरु गरिरहनेकोषाध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी गराए ।