१८ श्रावन २०७८, सोमवार

गैर आवासिय नेपाली संघ ग्लोवल स्वास्थ कमिटि र गैर आवासिय नेपाली संघ मलेसियाको सयुक्त आयोजनामा सोमवार स्वास्थ सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने भएको छ । हाल विश्वमा देखा परिरहेको डेल्टा भेरियन्ट सम्वन्धि जानकारी दिने उदेश्यले मलेसिया भारत र मध्य पूर्वका नेपालीहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

मलेसियाको नयाँ कार्यसमिती वने पश्चात यो पहिलो कार्यक्रम हो । यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी गराए ।कोषाध्यक्ष नेपालको पहलमा यसभन्दा अगाडि पनि यस्ता कार्यक्रमहरु हुदै आईरहेका थिए ।
कार्यक्रममा अमेरीकावाट डा.प्रकाश श्रेष्ठ,र डा.सजीव देवकोटाले डेल्टा भेरियण्ट के हो ? यो भेरियन्टवाट कसरी वच्न सकिन्छ जस्ता विषयमा जानकारी गराउनुको साथै अन्तरक्रिया गर्नेछन ।

यसैगरी एनआरएन कुवेतका अध्यक्ष सुजन केसि, मलेसिया अध्यक्ष विनोद थापाले मलेसिया र कुवेतमा देखिएको स्वास्थ समस्याको वारेमा प्रकाश पार्ने कार्यक्रम छ ।

तीन दिन अगाडि मात्रै एनआरएनए स्वास्थ समितीले मलेसियामा मलेसियामा ३९जना नेपालको कोरोना सक्रमणवाट मृत्यु भएको तथ्थाकं सार्वजिनक गरेको थियो । त्यसयताका दुई दिनमा तीन जना नेपालीको सक्रमणवाट मृत्यु भैसकेको छ ।

कार्यक्रम नेपालको समय अनुसार साझँको ५ वजे तय गरिएको छ । कार्यक्रममा सहभागि हुनको लागि यो लिकं खोल्नुहोला ।

Meeting ID: 864 3781 4348
Passcode: 118339

 

प्रतिक्रिया

सम्बन्धित खवर