
१७ श्रावन २०७८, आइतवार
कर्णाली नदिमा डुंगा दुर्घटना हुदाँ ३ जना बेपत्ता भएका छन भने २ जना घाईते छन् ।
कैलालीको मोहन्याल गाउँपालिकाबाट चौकुने गाउँपालिका-४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका-३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर, उर्मिलाको १० दिनको बच्चा र सोही ठाँउ बस्ने २० बर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
घाईते हुनेमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने १९ बर्षकी धनसरा सलामी मगर,उनकै एक महिनाको छोरा कर्ण सलामी रहेका छन् । डुंगामा १० जना सवार रहेको बुझिएको छ जसमध्ये ५ जना भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।