१६ श्रावन २०७८, शनिवार

दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर वेपत्ता भएका जयसिंह धामीको खोजी कार्य भैरहेको भएपनि अझै भेटिएका छैनन ।

तुईन तरेर भारतको बाटो हुदै दार्चुला सदरमुकाम खलंगा बजार आउदै गर्दा उनी तुईनवाट खसेर वेपत्ता भएका हुन ।
उनीसगै आएका साथीहरु महाकाली नदीमा तुईन तरि भारतको सडकमा पुगिसकेका थिए भने तुईन तर्ने पालो जयसिह धामीको थियो।
धामी तर्ने बेला दुई जना भारतीय एसएसबी पुगेका र ती एसएसवीले तुईनमा तर्दै गर्दा तार काट्दा तार सहित जयसिंह धामी नदीमा खसेको स्थानीयहरुले वताएका छन ।
तुईन काट्ने एसएसबीहरु विरुद्ध वेपत्ता धामीका आफन्तले  भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका छन्।
एसएसबीले तुईन काट्दा धामी नदीमा खसेको भन्दै तुईन काट्ने एसएसबी हरुलाई कारवाही हुनुपर्ने माग सहित  स्थानीयहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र समेत बुझाएका छन्।
घटनाको वारेमा प्रजीअ जोशीले भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार समेत गरिसकेको  बताईएको छ ।
घटनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

यो पनि पढनुहोस

दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह अझै भेटिएनन

दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार