
१६ श्रावन २०७८, शनिवार
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मलेसियामा थप ३७ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
संघको तथ्थाक अनुसार वितेको तीन हप्तामा मलेसियामा थप ३७ जना नेपालीको मृत्यु भएको उल्लेख गरिएको छ ।
संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ।
स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन्।
समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।