१६ श्रावन २०७८, शनिवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई देशद्रोही र आन्दोलन विरोधीको आरोप लगाउँदै उनलाई आफ्नो पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्।

https://amzn.to/4myfPN5

शनिबार एमालेको काठमाडौँ जिल्ला कमिटीको बैठकमा ओलीले आफ्नो पार्टीको अध्यक्षले विश्वासको मत माग्दा नदिने र सरकार ढाल्ने काम नेपालले गरेकाले उनलाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा उनका लागि ठाउँ नरहेको बताएका हुन्।

उनले यस किसिमको आरोप लगाउनुभन्दा केहीबेर अघि नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलका पूर्वसदस्यहरूले जतिसक्दो छिटो पार्टी एकता नगरे ठूलो क्षति हुने चेतावनी दिएका थिए।

ओलीले भने, ‘नेपालजस्तालाई अब पार्टीमा कुनै ठाउँ छैन, माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलन विरोधी र देशद्रोही हुन्।’

ओलीले आगामी चुनावमा आफ्नो पार्टीले दुई तिहाई ल्याउने डरले आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोपसमेत लगाए।

 

प्रतिक्रिया

सम्बन्धित खवर